किन नदिइने भयो यस वर्ष साहित्यतर्फको नोबेल पुरस्कार?

काठमाडौं । यस वर्ष साहित्यतर्फको नोबेल पुरस्कार प्रदान नगरिने भएको छ । सन् १९४३ मा दोस्रो विश्वयुद्ध हुँदा पनि नोबेल पुरस्कार दिइएको थिएन ।

१ सय १७ वर्षे इतिहासमा दोस्रोपटक यो पुरस्कार नदिइने भएको छ ।

नोबेल पुरस्कार विजेता छनोट समितिका एक निर्णायककी पति क्लाउड अर्नोल्टलाई यौन शोषणको आरोप लागेपछि पुरस्कार छनोट गर्ने स्विडिस एकेडेमीले निर्णायक कटरिनालाई बर्खास्त गरेको थियो ।

त्यसपछि एकेडेमीको आलोचना भएको थियो । एकेडेमीले परिस्थिति अनुकूल नरहेको बताउँदै नोबेल पुरस्कार दिन असमर्थ रहेको बताएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?