नर्स बन्न चाहन्थिन्, पोर्न स्टार बनिन्

मुम्बई । मान्छे केही राम्रै बन्न खोजिरहेको हुन्छ । तर कहिलेकाहीँ नियतिले कहाँबाट कहाँ पु–याउँछ थाहै हुँदैन ।

सन्नी लियोनलाई बच्चाहरु निकै मन पर्छन् । यसैले पनि उनी स–साना बच्चाको नर्स बन्न चाहन्थिन् । सन्नीले यदि फिल्म क्षेत्रमा नभएको भए आफू नर्स हुने बताएकी छिन् ।

उनले यसका लागि भोलेन्टियर पनि गरेकी थिइन् । तर पछि उनले एकाएक पोर्न इन्डस्ट्रीमा आफ्नो भविष्य खोजिन् । जसले गर्दा उनका परिवारलाई पनि झड्का लाग्यो ।

पछि सन्नी बलिउडमा डेब्यु गरेपछि अझ बढी लोकप्रिय भइन् । उनी अहिले दुई बच्चाकी आमा पनि भएकी छिन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?