एमाले कैलालीका पूर्वअध्यक्ष रतन थापा नागरिक उन्मुक्तिमा प्रवेश

लोकपथ
623
Shares

काठमाडौं । एमाले कैलालीका पूर्वअध्यक्ष रतन थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी थापा प्रवेश गरेका हुन् ।

गत बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई चुनाव हराउन भूमिका खेलेको भन्दै एमाले प्रदेश कमिटीले थापालाई २४ असारमा अध्यक्ष पदबाट हटाएको थियो । एमालेबाट कारबाहीमा परेका थापा बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीमा लागेका हुन् ।

उनीसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा पूर्वसांसद कैयालाल चौधरी पनि नागरिक उन्मुक्तिमा प्रवेश गरेको सो पार्टीका नेता लक्ष्मण थारुले बताए ।

‘कैलालीमा कांग्रेस र एमालेबाट धेरै नेता कार्यकर्ता उन्मुक्ति पार्टीमा प्रवेश गर्दैछन्,’ उनले भने, ‘अहिले उहाँहरूका मागका विषयमा छलफल भइरहेको छ ।’ आगामी निर्वाचनबाट नागरिक उन्मुक्ति पार्टी देशको वैकल्पिक शक्ति बन्ने दाबी गरेका उनले प्रदेश, ५, ७ र २ मा आफ्नो पार्टीको सरकार बन्ने बताए ।

नेकपा एमाले कैलाली जिल्ला पूर्व अध्यक्ष एवम् प्रदेश सांसद रतन थापासहित पूर्व सांसद हिमाञ्चल भट्टराई, नेता तुलाराम थापा, दुजराम थारु, नेपाली कांग्रेसका जन्मजय भट्टराई, पतिराम थारु लगायतका दर्जनौं नेता कार्यकर्ता नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?