दशैंको गीतमा ‘म मरेको खबर’ (भिडियो)

काठमाडौं । दशैँ नजिकिँदै गर्दा दशैँ विशेष गीत सार्वजनिक हुन थालेका छन् । यसैबीच गायक यज्ञ सापकोटा र सावित्री मगरले नयाँ गीत सार्वजनिक गरेका छन् ।

दशैंको अवसर पारेर सार्वजनिक गरिएको गीतमा विदेशिनु परेको पीडालाई दशैँको संस्कृतिसँग जोडेर प्रस्तुत गरिएको छ । गीतमा प्रदीप कँडेलको शब्द छ भने यज्ञ सापकोटाले संगीत दिएका छन् ।

यस्तै गीतको भिडियोमा रमा थपलिया, प्रकाशजंग तामाङ, अञ्जली घिमिरे लगायतले अभिनय गरेका छन् ।

प्रदीप कँडेलले छायांकन गरेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन र रामकुमार बस्नेतले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?