काठमाडाैं । बैंक अफ काठमाण्डू लिमिटेड (बिओके)को सम्पूर्ण एटिएमबाट मास्टरकार्ड प्रयोग गरी नगद निकाल्न तथा बैंकको पीओएसहरुमा भुक्तानीहरु गर्न सकिने भएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मास्टरकार्ड प्रयोगकर्ताहरुले अब उपरान्त बैंकको जुनसुकै एटिएम तथा बैंकका पीओएस मर्चेन्टहरु मार्फत कारोबार गर्न सक्नेछन् ।
बैंकको एटिएम तथा पीओएसहरुमा हाल भिसा र युनियन पे को नेटवर्कबाट जारी भएको कार्डहरु मात्र कारोबार गर्न मिल्ने थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया