आज दिनभरका मुख्य समाचार (भिडियाेसहित)

लोकपथ
35
Shares

१. निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज दोस्रो दिन पनि दिए महाअभियोग सिफारिस समितिमा बयान, महाभियोग प्रस्ताव गर्नेहरु नै समितिमा बस्न मिल्छ ? भन्दै संसदीय प्रणाली र समितिमाथि तेर्साए प्रश्न ।

२. राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिद्वारा नागरिकता विधेयक राष्ट्रिय सभामा पेस, राष्ट्रिय सभाबाट योगमाया आयुर्वेद विश्वविद्यालय विधेयकसहित तीन वटा विधेयक पारित ।

३. डेंगुबाट कैलालीमा एक युवतीको मृत्यु, काठमाडौं, रूपन्देही, धादिङ लगायतका जिल्लामा डेंगुको प्रकोप बढ्दो, नेपालका ७२ जिल्लामा डेंगुका बिरामी फेला ।

४. उम्मेदवार सिफारिस गर्दा शुल्क नलिने निर्देशनको विपरितमा बागलुङ कांग्रेस, उम्मेदवार सिफारिस गर्नै ७५ हजार रुपैयाँ शुल्क, चर्को शुल्क तोकिएको भन्दै नेता, कार्यकर्ता रुष्ट ।

५.बीमाको पहुँच दुर्गम क्षेत्रमा पुर्याउनुपर्नेमा अर्थमन्त्री जनार्दन शर्माको जोड, कर्णालीका अधिकांश नागरिक बीमाको पहुँच बाहिर रहेकाले उक्त स्थानमा सेवा विस्तार गर्न निर्देशन ।

६. उमेरले बुढो भए पनि आफ्नो विचार जवान भएको एकीकृत समाजवादीका नेता झलनाथ खनालको भनाइ, नेपाललाई आमूल परिवर्तन गर्ने एक मात्र पार्टी एकीकृत समाजवादी भएको दाबी ।

७. अनाधिकृत संरचनापछि काठमाडौं महानगरपालिकाको नजर होडिङबोर्डमा, त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल बोर्ड बन्द गरियो ।

८. ९३ प्रतिशत नेपालीको घरमा बिजुली पुगेको नेपाल विद्युत प्राधिकरणको तथ्यांक, मधेश प्रदेशमा शत प्रतिशत, सुदूरपश्चिम प्रदेशमा ७८.८५ प्रतिशत विद्युतीकरण ।

९. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ३ हजार ५ सय ५७ परीक्षणमा थप २६९ जनामा कोरोना संक्रमण पुष्टि, २१५ जना संक्रमणमुक्त हुँदा एक जनाको मृत्यु ।

१०.  विराटनगरमा चोरले लिएर भाग्दै गरेको टाटा सुमो दुर्घटना, सुमो चोरी गर्ने अशोक चौधरी प्रहरी नियन्त्रणमा, घटनाबारे अनुसन्धान हुँदै ।

११. बिहीबार सेयर बजारमा १.०८ अंकको गिरावट, १ अर्ब ३८ करोड बढीको कारोबार हुँदा नेपाल टेलिकमको सबैभन्दा बढी ।

१२. अन्धाधुन्द गोली प्रहारको घटना झेल्दै आएको अमेरिकी सरकारले लागू गर्यो ‘गन ल’, अमेरिकाको टाइम्स स्क्वायर र न्यूयोर्क शहरसँगै विभिन्न स्थानमा बन्दुक बोक्न प्रतिबन्ध ।

१३. भ्रष्टाचारको आरोपमा १२ वर्ष जेल सजाय भोगिरहेका मलेसियाका पूर्वप्रधानमन्त्रीको श्रीमती रोजमाह मन्सुर पनि भ्रष्टाचारमा दोषी ठहर, मन्सुरमाथि सौर्य ऊर्जा परियोजनामा १९४ मिलियन रिङ्गेट दुरुपयोग गरेको आरोप ।

१४. श्रीलंकामा हुने साफ यू–१७ र भियतनाममा हुने एएफसी यू–१७ को लागि २३ सदस्सीय नेपाली फुटबल टिमको घोषणा, सेप्टेम्बर ५ देखि साफ यू–१७ र अक्टोबर १ देखि एसियन कप छनोटका खेल हुँदै ।

१५.  नवलपुरको गैडाकोटमा मदन भण्डारी सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना हुने, भदौ २४ गतेबाट सुरु हुने प्रतियोगितामा प्रथम हुने टीमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?