कांग्रेस प्रदेश ‘क’ बाट १५ आकांक्षीको नाम सिफारिस

लोकपथ
42
Shares

खोटाङ । नेपाली कांग्रेस प्रदेश ‘क’ क्षेत्रीय समिति खोटाङले प्रदेससभा निर्वाचनका लागि १५ उम्मेदवारको नाम सिफारिस गरेको छ ।

बिहीवार कांग्रेस पार्टी कार्यालयमा बसेको बैठकले प्रत्यक्षतर्फ तीन सिटका लागि आठ जना, समानुपातिकतर्फ पुरुष एक सिटका लागि पाँच जना र महिला एक सिटका लागि दुई जनासहित सात जनाको नाम जिल्ला कार्य समिति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ नरेशकुमार श्रेष्ठ, जितेन्द्रसिं ठकुरी, विरकाजी राई, विश्वनाथ निरौला, धर्मराज पोखरेल, मनोज तिम्सिना, इवन राई र गोपाल सैंजुलाई सर्वसहमत सिफारिस गर्ने निर्णय गरिएको नेपाली कांग्रेस प्रदेश ‘क’ क्षेत्रीय समिति सचिव राजन भट्टराईले जानकारी दिए ।

यस्तै, समानुपातिकतर्फ रोजन राई, दुरेन्द्रकुमार राई, पेशलकुमार राई, राजनशेर राई, हिराबहादुर निरौला, डिल्लीकुमारी आचार्य र देबी राईलाईको नाम सिफारिस गरिएको कांग्रेसले जनाएको छ ।

जिल्ला कार्य समितिले आफ्नो राय लेखेर आकांक्षीको नाम प्रदेश कार्य समितिलाई पठाउने छ । नेपाली कांग्रेस प्रदेश ‘ख’ क्षेत्रीय समितिले पनि शुक्रवारसम्ममा उम्मेदवारको नाम टुंग्याउने क्षेत्रीय समिति सचिव भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?