भेनेजुयलाका नागरिकले धमाधम देश छाड्दै, छ कम्युनिष्ट सरकार

जेनेभा– कम्युनिष्ट शासन रहेको देश भेनेजुयलामा सन् २०१५ देखि सुरु भएको आर्थिक तथा राजनीतिक सङ्कटका कारण अहिलेसम्म झण्डै २० लाख नागरिक विस्थापित भएका छन् ।

संयुक्त राष्ट्रसंघीय निकायले सोमबार दिएको जानकारी अनुसार हरेक दिन पाँच हजार जनाले भेनेजुयला छाड्ने गरेका छन् ।
“मुलुक छाड्नेमध्ये सवैभन्दा धेरै ल्याटिन अमेरिकामा जाने गरेको पछिल्लो विवरणले देखाएको छ,” राष्ट्रसंघीय शरणार्थी नियोग (युएनएचसिआर)का प्रमुख फिलिप्पो ग्रान्टीले बताए ।

“विस्थापित हुनेहरु बढ्दै गइरहेकाले उनीहरुलाई गैरराजनीतिक मानवीय पहुँच बढाउनका लागि भर्खरै मात्रै सुरु भएको छ,” उनले थपे ।
मुलुक छाडेका २६ लाख जनता अहिले विभिन्न देशमा रहेको सरकारी श्रोतहरूलाई उद्धृत गर्दै शरणार्थी नियोगले जनाएको छ ।
भेनेजुयलालाई अहिले विभिन्न प्रकारका धेरै सहयोगहरुको खाँचो रहेको समाचारमा जनाइएको छ ।
तेल निर्यातमा आश्रित भेनेजुयलामा सन् २०१४ देखि नै असर पर्न थालेको अधिकारीहरूले बताएका छन् ।
राष्ट्रपति निकोलस मडुरोको सरकारका विरुद्धमा विपक्षीहरू र नागरिक समाजले आन्दोलन गर्न थालेपछि भेनेजुयलामा आर्थिक तथा राजनीतिक संकट बढ्दै गएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?