सञ्चिता अभिनित ‘गुनगुन’ का दुई पोस्टर रिलिज

काठमाडौं । चलचित्र ‘गुनगुन' का दुई पोस्टर सार्वजनिक गरिएको छ । कार्तिक ३० मा रिलिज हुने गुनगुनका मुख्य पात्रहरुलाई समेटिएका पोस्टर सार्वजनिक भएका छन् ।

प्रेमसँगै सामाजिक कथालाई पनि समेटिएको यसका निर्देशक पुकार भट्टाराईले बताए । पोस्टर सार्वजनिक गर्दै फिल्मले प्रचारप्रसार थालेको छ । पुराना कलाकार पुकारले यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्न लागेका छन् ।

संचिता लुइँटेल , रविन्द्र प्रताप सेन , सुवास मेचे , नविन श्रेष्ठ , गणेश जिसी , देशभक्त खनाल , अनु भण्डारी , सुमेश श्रेष्ठ , राधा दाहाल , भिम मैनाली , बाल्दिप राई , विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको समेत अभिनय रहेको फिल्मले यसअघि टिजर सार्वजनिक गरेको थियो ।

चलचित्रमा हिमाल केसीको द्वन्द , अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन छ । प्रेमकथामा आधारित यसफिल्मलाई उपत्यका बाहिर आर आर फिल्म्स र उपत्यका सुनिल मानन्धरले वितरण गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?