अमेरिकी राष्ट्रपति ट्रम्पले भारतलाई ‘टयारिफ किंग’ भने

एजेन्सी : चिनियाँ सामानहरूमा महशुल (टयारिफ) थप्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई ‘टयारिफ किंग’ भनेका छन् ।

साथै ट्रम्पले आफूलाई खुश गर्न भारत व्यापार सम्झौता वार्ता शुरू गर्न चाहेको पनि बताएका छन् ।

अमेरिकी राष्ट्रपति कार्यालयमा ट्रम्पले भने “ भारतीय अधिकारी व्यापारिक सम्झौतासम्बन्धी वार्ता सक्दो छिट्टो होस भन्ने चाहेका छन् ।

आफू पनि भारत तुरून्तै यसबारे वार्ता आगाडि बढाओस भन्ने चाहेको छु ”

अमेरिकी बाइक हार्ले डेभिडसनको उदाहारण प्रस्तुत गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरो गरेको बताए ।

भारतले किन हार्ले डभिडसनमा १०० प्रतिशत महशुल थपेको भनि सोध्दा मोदीले अहिलेसम्म आयात शुल्कबारेमा यसअघि कुनै पनि अमेरिकीले कुरोकानी  नगरेको र आयात शुल्क कम गर्ने विश्वास दिलाएको ट्रम्पले जनाए ।

साथै भारतले अमेरिकी मोटरबाइकमा लगाएको महशुल दर कम गरेको भएपनि यो पर्याप्त नभएको ट्रम्पले जनाए ।

भारतीय प्रधानमन्त्री मोदीसँग आफ्नो सम्बन्ध राम्रो भएको  र यसबारेमा थप कुरो गर्ने उनको भनाइ थियो ।

ट्रम्पको यो भनाइ पछि भारतको तर्फबाट कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन् ।

भारतले आयात शुल्क लगाएको आपत्ति जनाउँदै ट्रम्पले भारतीय वस्तुमा अमेरिकाले पनि महशुल थप्ने चेतावनी दिइसकेका छन् ।

भारतमाथि ट्रम्पले निरन्तर दबाब दिइरहेका छन् ।

भारतले अमेरिकाबाट बढी भन्दा बढी सामान आयात गरोस भन्ने चाहनाका साथ दबाब दिइएको हो । यी दुई देशबीच अहिले व्यापार अन्तर करिब २५ अर्ब अमेरिकी डलर बराबर रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?