अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुख अर्थशास्त्रीमा  दक्षिण एसियाली महिला नियुक्त

एजेन्सी  :अन्तर्राष्ट्रिय मुद्रा कोषले (आईएमएफ) प्रमुख अर्थशास्त्रीमा हार्वर्ड विश्वविद्यालयकी प्रोफेसर गीता गोपीनाथलाई नियुक्त गरेको छ ।

यो वर्षको अन्त्यमा सो पदबाट मोरी ओब्सफेल्ड सेवा निवृत भएपछि त्यो स्थानमा गोपीनाथ क्रियाशील हुने छिन् । 

इन्टरनेशनल स्टडिज अफ इकोनोमिक्सकी प्रोफेसर गोपीनाथले इन्टरनेशनल फाइनान्स र म्याक्रोइकोनोमिक्समा अनुसन्धान गरेकी छिन् ।

आईएमएफकी प्रमुख क्रिस्टिन लेगार्डले गोपीनाथको नियुक्तिबारे जानकारी दिएकी छिन् । यो पदमा पुग्ने गोपीनाथ दोस्रो भारतीय हुन् ।

यसअघि भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाका पूर्व गभर्नर रघुराम राजन आईएमएफका प्रमुख अर्थशास्त्री भइसकेका छन् ।

गोपीनाथ भारतको केरल प्रान्तमा जन्मेर अमेरिका पुगेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?