१. सरकारद्वारा मिडिया काउन्सिल विधेयक संसदमा पेस, समाचार प्रकाशन गरेकै आधारमा सञ्चारमाध्यम, पत्रकार तथा प्रकाशकलाई १० लाख रूपैयाँसम्म जरिवाना गर्ने व्यवस्था ।
२. मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि देशभरबाट उम्मेदवार सिफारिस हुने क्रम जारी ।
३. देशको शैक्षिक क्षेत्रमा देखिएको समस्याबारे प्रधानमन्त्री शेरबहादुर देउवाको चासो, राजनीतिक आग्रह पूर्वाग्रहभन्दा माथि उठेर शिक्षा क्षेत्रको समस्या समाधान गर्ने वचन ।
४. पार्टीभित्र चरम गुटबन्दी मौलाएकोप्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ को चिन्ता, गुटबन्दी त्याग्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह ।
५. राष्ट्रिय परीक्षा बोर्डले गर्यो कक्षा १२ को नतिजा प्रकाशित, १ लाख ८८ हजार ४१० जना विद्यार्थी नन् ग्रेडिङमा ।
६. पहिलोपटक मतदान गर्न लागेका मतदाताहरुलाई गलत ठाउँमा भोट नहाल्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आग्रह, पहिलो भोट देशभक्त र राष्ट्रियताको पक्षमा गर्न आह्वान ।
७. देश संघीय संरचना गएको ५ वर्ष बितिसक्दा पनि अझै भएन प्रदेश नं १ को नामाकरण, प्रदेशको नाम राख्न केन्द्रको चलखेल भएको सांसदहरुको आरोप
८. काठमाडौं महानगरले फुटपाथलाई व्यवस्थित बनाउन पसल हटाएसँगै विरोधमा उत्रिए व्यवसायी, फुटपाथमा व्यापार गर्न पाउनुपर्ने मागसहित प्रदर्शन ।
९. नागरिकता विधेयक जस्ताको तस्तै फिर्ता पठाउनु राष्ट्रपतिको अपमान भएको राष्ट्रिय सभा सदस्य वामदेव गौतमको विश्लेषण, राष्ट्रपतिले बुँदागत रुपमा उठाएका विषयलाई सम्बोधन गरेर मात्र विधेयक अघि बढाउन सुझाव ।
१०. नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण ३ जनाको मृत्यु, २ सय ६ जनामा कोरोना संक्रमण पुष्टि, देशभर २ हजार ८ सय ९१ जना सक्रिय संक्रमित ।
११. साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य अंकको गिरावट, नेप्से परिसूचक १.६७ अंकले घट्दा ६९ करोड ८८ लाख रुपैयाँको कारोबार ।
१२. अर्जेन्टिनी उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डि क्रिच्नरको हत्या प्रयास, आक्रमणकारीले प्रहार गर्न ल्याएको पेस्तोल जाम हुँदा जोगियो ज्यान ।
१३. एक दशकपछिकै सबैभन्दा ठूलो बाढीको चपेटामा पाकिस्तान, बाढीका कारण ११ सय बढीको मृत्यु हुँदा ३ करोड बढी मानिस प्रभावित, १०० किलोमिटर चौडाइको क्षेत्र जलमग्न हुँदा १० अर्ब डलर बराबरको क्षति भएको प्रारम्भिक अनुमान ।
१४. भदौ २१ गतेदेखि काठमाडौंमा हुने छैटौं साफ महिला च्याम्पियनसिपको तयारी पूरा, प्रतियोगिता आयोजनाका लागि ३ करोड ४७ लाख रुपैयाँ खर्च हुने अनुमान
१५. साफ यू–१७ पुरुष च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली फुटबल टोली श्रीलंकातर्फ प्रस्थान, समूह बी मा रहेको नेपालले सेप्टेम्बर ७ मा भुटान र ९ मा भारतसँग प्रतिस्पर्धा गर्ने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया