हेर्नुस्, कंगनाको ‘मणिकर्णिका’ को एक्सनले भरिएको टिजर (भिडियो)

मुम्बई । भारतमा लामो समयदेखि चर्चामा आएको चलचित्र ‘मणिकर्णिका’ को टिजर सार्वजनिक गरिएको छ । टिजरमा कंगना रनावतलाई निडर र साहसी भूमिकामा देखाइएको छ ।

फिल्ममा झाँसीकी रानीका रुपमा देखिएकी कंगना अंग्रेजहरुसँग लड्दै गरेको देख्न सकिन्छ । कंगनाका अलावा फिल्मको टिजरमा अमिताभ बच्चनको दमदार आवाज पनि सुन्न सकिन्छ ।

गान्धी जयन्तीको दिन पारेर टिजर सार्वजनिक गरिएको फिल्मको सन् २०१९ को जनवरीमा प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?