टानका निर्वाचित पदाधिकारीहरुले लिए सपथ

लोकपथ
91
Shares

काठमाडौं । पर्यटन व्यवसायीहरुको छाता संठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) को सम्पन्न ४४ औं साधारणसभा तथा अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुले आज पदभार ग्रहण गरेका छन् । आजै उनीहरुले सपथ ग्रहण समेत गरेका हुन् ।

काठमाडौंमा आयोजित एक समारोहका बीच नवनियुक्त कार्यसमितलाई बधाई तथा शुभकामनासमेत प्रदान गरिएको टानका नवनियुक्त महासचिव बिनोद सापकोटाले जानकारी दिए । सापकोटा चलचित्र निर्मातासमेत हुन् । उनले आफ्नो नयाँ टिमले विगतको समितीले गर्न नसकेका, काम सुरु गरेका तर सम्पन्न नभएका बिषयसँगै पर्वतीय पर्यटन व्यवसायीका अन्य विभिन्न समस्या समाधानमा जुटिसकेको र सरकारबाट ध्यानाकर्षण गराउनुपर्ने अनेक बिषयमा समेत काम गर्ने प्रतिवद्धता गरेको समेत बताए ।

केहि दिन अघि टानको ४४ औं साधारसभा तथा अधिवेशन भएको थियो । अध्यक्षमा निलहरि बास्तोला बिजयी भएका थिए । उनले आफ्ना प्रतिस्पर्धी रामप्रसाद सापकोटालाई भारी मतले हराउँदै विजयी हासिल गरेका थिए । यस्तै, टानको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदिप पण्डित, द्वितिय उपाध्यक्षमा धन बहादुर गुरुङ, कोषाध्यक्षमा पुरूषोत्तम तिमल्सिना, सहकोषाध्यक्षमा छिरिङ दोर्जे शेर्पा र सचिवमा होमनाथ खड्का निर्वाचित भएका थिए ।

सदस्यहरुमा राम प्रसाद बन्जरा, राजु अर्याल, गणेश बहादुर अधिकारी, कुमार लामा, सुवास भण्डारी, लाक्पा दोर्जे सेर्पा, र कृष्ण बहादुर परियार निर्वाचित भएका थिए । कार्यक्रममा बोल्दै नव नियुक्त अध्यक्ष बास्तोलाले पर्यटन व्यावसायीहरुको हक हित र व्यवसाय प्रवद्र्धनमा जस्तोसुकै चुनौती सामना गरेर भएपनि काम गर्ने बताए । टानको कार्यसमितिको कार्यअवधी २ बर्षको हुनेछ भने १२ सय भन्दा बढि सक्रिय व्यावसायी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?