काठमाडौं । लक्की ग्रुपको भागिनी संस्था गणपति बनस्पति प्रालिद्वारा उत्पादन गरी बिक्री वितरण गर्दै आइरहेको रामदेव तेलले कुशे औंशीको उपलक्ष्यमा ल्याएको कमेन्ट एण्ड विन अफरका विजेतालाई पुरस्कार वितरण गरेको छ । आम सर्वसाधरण एवम् उपभोक्ताहरुसँग अन्तरक्रिया गर्ने उद्देश्यले लागु गरिएको कमेन्ट एण्ड विन योजना सहभागी भई लक्की ड्र मार्फत पुरस्कार जित्न सफल प्रतियोगीहरुलाई हिजो एक समारोहका बीच काठमाडौंको कुलेश्वरमा पुरस्कार वितरण गरिएको हो ।
प्रतियोगितामा सहभागी भई लक्की ड्र मार्फत विजेता हुने प्रतियोगीहरुमध्ये दुई जनाले समान एक कार्टुन रामदेव सनफलावर तेल प्राप्त गरेका छन् । प्रतियोगितामा करुणा पाठक र दिपा ताम्राकार विजयी भएका थिए । उनिहरु दुवै स्वास्थ्य समस्याका कारण उपस्थित नसेको र करुणाका श्रीमान निशान ढुङ्गेल र दिपाका श्रीमान ओम्मी ताम्राकारले पुरस्कार ग्रहण गरेका थिए ।
विजेताहरुलाई पुरस्कार वितरण रामदेव तेलका बजार प्रबन्धक बिनोद श्रेष्ठले गरेका थिए । रामदेव तेलले आफूहरुलाई डिजिटल मिडिया मार्फत जोडेर उत्पादनसँग परिचित गराएकोमा पुरस्कार विजेता करुणा पाठकका श्रीमान निशान ढुङ्गेलले बताए । गणपति बनस्पति प्रालिले रामदेव ब्राण्डको सनफलावर, तोरी र भटमासको तेल उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया