काठमाडौं । तपाईंलाई थाहा छ नि? जुन स्मार्टफोन तपाईंले चलाइरहनुभएको हुन्छ, त्यो मोबाइल तपाईंका लागि ज्यानमारा पनि बन्न सक्छ ।
जति पनि मोबाइल फोन या स्मार्टफोन हुन्छन्, ती सबैले एक प्रकारको रेडियशन (विकिरण) निकाल्ने गर्छन् । स्मार्टफोनबाट निस्कने तिनै रेडियशनका कम गर्नका लागि अन्तर्राष्ट्रिय मानक पनि तयार गरिएको छ ।
तपाईंको मोबाइलले कति रेडियशन निकाल्छ, यो बारेमा तपाईंलाई पक्कै थाहा होला । याद गर्नुभयो भने मोबाइल किन्दा बक्समै कति रेडियशन निकाल्छ भन्ने लेखिएको हुन्छ । सकभर कम रेडियशन निकाल्ने मोबाइलहरु किन्दा राम्रो हुन्छ ।
आइफोन सात प्लस, वानप्लस ५, हुवाई जीएसएट, नोकिया लुमिया ६३० लगायतका मोबाइल कम रेडियशन निकाल्ने स्मार्टफोनमा पर्छन् ।
गम्भीर रोगबाट बचौँ
मोबाइलबाट निस्किने रेडियशनले व्यक्तिको दिमागमा असर गर्नका साथै शरीरका लागि पनि उत्तिकै असर पु–याइरहेको हुन्छ । यो रेडियशनले मान्छेलाई ब्रेन क्यान्सर, कान नसुन्ने, सुन्नमा समस्या आउने जस्ता समस्या ल्याइदिन्छ । यस्तै मुटुसम्बन्धि समस्या, न्यूरोडेगेनरेटिव डिसअर्डर जस्ता प्राणघातक रोग पनि लाग्न सक्छ । यसैले पनि मोबाइललाई साइलेन्ट किलर मान्ने गरिन्छ ।
यसरी बच्न सकिन्छ
यदि तपाईं स्मार्टफोनबाट निस्किने रेडियशनबाट बच्न चाहनुहुन्छ भने मोबाइललाई कमभन्दा कम प्रयोग गर्ने गर्नुस् । अफिस या घरमा ल्याण्डलाइन फोनको प्रयोग गर्ने कोशिश गर्नुस् ।
यदि तपाईंको कोही साथी फोनमा कुरा गरिरहेको छ भने केही टाढा रहने गर्नुस्, जसले गर्दा तपाईंमा सकभर प्रभाव नपरोस् । अझ यदि तपाईं सार्वजनिक यातायातमा हुनुहुन्छ भने मोबाइलको कम प्रयोग गर्नुस् । मोबाइलबाट निस्किने रेडियशनले सबैलाई असर पु–याउन सक्छ । अझ अर्को कुरा यस्ता रेडियशन मेटल अर्थात् धातुका माध्यमबाट झन् छिटो फैलिने गर्छ ।
मोबाइल फोनमा लामो समयसम्म कुरा नगर्नुस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया