‘ड्रिम गर्ल’ को ट्रेलर रिलिज, दुई फिल्म घोषणा

काठमाडौं । चलचित्र ‘ड्रिम गर्ल’ को ट्रेलर सार्वजनिक गरिएको छ । आकाश श्रेष्ठ र आश्मा गिरीको मुख्य भूमिका रहेको फिल्ममा काठमाडौंमा एक औपचारिक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरियो ।

कार्यक्रममा निर्देशक ऋषिराज आचार्यले नयाँ दुई फिल्म ‘दौपद्री’ र ‘चुरीफुरी’ को समेत घोषणा गरे । फिल्मलाई एउटै ब्यानरले निर्माण गर्ने बताइएको छ । फिल्मका नाम सार्वजनिक गरिए पनि कलाकार भने तय गरिएको छैन ।

आकाश र आश्माका अतिरिक्त सरोज खनाल, अर्जुन श्रेष्ठ, विल्सन विक्रम राई, शिशिर भण्डारी, पूजा पराजुली, लक्ष्मी गिरी, सुरवीर पण्डित लगायतका कलाकारको अभिनय रहेको यो फिल्मलाई लभस्टोरी फिल्म भनिएको छ ।

चलचित्र आउँदो मसिंर ६ गतेबाट प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?