खेल हेर्दाहेर्दै गल्फ बलले लागेर फ्यानको आँखा फुटेपछि…

एजेन्सी । राइडर कप गल्फ प्रतियोगिता हेर्ने क्रममा एक महिला दर्शक गम्भिर घाइते भएकी छिन् ।

अमेरिकी गल्फर ब्रोक्स कोप्काले ‘टि’ शटबाट प्रहार गरेको गल्फ बलले लागेर इजिप्टकी कोरिन रेमान्डेको दाया आँखामा लागेको थिए । आँखामा बल लाग्ने बितिक्कै रेमान्डे कोर्षमा नै ढलेकी थिइन् ।

राइडर कप अन्तर्गत पहिलो दिनको खेलमा कोप्काले ‘सिक्स’ होलबाट ‘टि’ शट प्रहार गरेका थिए । ४९ वर्षीय रेमान्डेको दाया आँखामा गम्भिर चोट लागेको छ ।

 

‘‘डाक्टरले मलाई मेरो आँखाले अब काम नगर्ने बताएका छन्, खेल हेर्दै थिए, बल कताबाट आयो थाहा नै पाइन् र सिधै मेरा आँखामा नै लाग्यो, त्यतिबेला मलाई कुनै पिडा भएको थिएन्, केही बेरमा मेरो आँखाबाट रगत आएपछि म मैदानमा नै लडे’’ उनले बताइन् । 

साथै, उनले कानुनी रुपमा मेरो आँखाको लागि अस्पतालमा लाग्ने सम्पुर्ण उपचार खर्च बेहोर्नका लागि निवेदन दिइ सकेको पनि बताइन् । तीन पटकका मेजर च्याम्पिनसिपको विजेता कोप्काले अप्रत्यासित रुपमा यस्तो घटना घट्न गएको प्रति क्षमा मागेका छन् । 

‘‘गल्फरहरुको लागि बललाई कन्ट्रोल गर्न निक्कै गाह्रो हुन्छ, विशेषगरि ३ सय यार्डमा झनै कठिन हुन्छ, मैले खेलको नजिकै धेरै संख्यामा दर्शकहरु भएकाले यस्तो घटना भएको हो’’ उनले भने ।

यो विषयमा अहिले युरोपियन गल्फ टुरको आयोजकसँग कुरा भइरहेको बताइएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?