आङ सान सुकीलाई दिइएको नोबेल शान्ति पुरस्कार फिर्ता नहुने

एजेन्सी । म्यानमारको नागरिक शासकको रुपमा आङ सान सुकीले चालेका केही कामकारबाहीहरु ‘खेदजनक’ भएपनि पनि यसको आधारमा उनलाई दिइएको नोबेल शान्ति पुरस्कार फिर्ता नहुने भएको छ ।

कतिपयले उनले उक्त पुरस्कार फिर्ता गर्नुपर्ने बताइरहेको बेला रोयर्टससँगको कुराकानीमा नोबेल फाउन्डेशनका प्रमुखले यो कुरा बताएका हुन् ।  

यो वर्षको नोबेल पुरस्कार प्रदान गर्नु अघि फाउन्डेशनका प्रमुख लार्स हेइकेन्स्टेनले यस्तो बताएका हुन् ।

उनले पुरस्कार दिइसकेपछि व्यक्तिले गरेका कामलाई नै बहाना बनाएर पुरस्कार फिर्ता लिनुको कुनै तुक नहुने बताए । 

“पुरस्कार फिर्ता गर्दा यसले नोबेल पुरस्कार पाइसकेपछि विजेताले गरेका कार्यलाई लिएर लामो बहस सिर्जना गर्छ । हामीलाई स्वीकार्य नहुने कार्य गर्ने नोबेल पुरस्कार विजेता विगतमा पनि थिए र भविष्यमा पनि हुनेछन् । यसलाई हामी रोक्न सक्दैनौं ,” हेइकेन्स्टेनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?