काठमाडौं । ग्लोबल आइएमई बैंक लि. र चन्द्रागिरि हिल्स लि.बीच चन्द्रागिरि केबुलकारको टिकट खरिदमा छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल र चन्द्रागिरि हिल्स लि.का महाप्रबन्धक अभिषेक विक्रमशाहले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता पश्चात ग्लोबल आइएमई बैंक लि. का डेबिटर क्रेडिट, प्रिभिलेज कार्ड लिएका ग्राहकहरुले चन्द्रागिरिको थानकोट स्थित काउण्टरबाट केबुलकारको टिकट खरिद गर्दा २० प्रतिशतछुट पाउनेछन् । काठमाडौंको थानकोटमा रहेको पर्यटकिय गन्तब्यको रुपमा रहेको चन्द्रागिरीमा दिन प्रति दिन बढ्दै गएको चापलाई ध्यानमा राख्दै ग्लोबल आइएमई बैंक लि. ले आफ्ना ग्राहकमहरुलाई सहुलियत दिने उद्देश्यले उक्त सम्झौतामा हस्ताक्षर गरेको हो ।
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्तअन्य सुविधाहरु प्रदानगर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न योजनाहरु ल्याईरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया