किन बढ्दै छ अमेरिका र चीन बीच तनाव ?

एजेन्सी । साउथ चाइना सीमा अभ्यासको क्रममा एक अमेरिकी नौसैनिक जहाज चिनिया सैनिकजहाजको अत्यन्त खतरापूर्ण दुरीसम्म नजिक आयो । दुई जहाज ठक्कर खानबाट रोक्नको लागि अमेरिकी डिस्ट्रोअर डिकाटर आफै पछाडि हटेको थियो । 

आइतबार विवादित स्प्रैटली टापू नजिक अचानक अमेरिका र चीनको सैन्य जहाजहरु एक अर्काको आमने सामने भएका थिए । यो घटनापछि दुई देशबीच तनाव बढेको छ । 

अमेरिकी रक्षा मन्त्रालयले दिएको जानकारी अनुसार घटनाको समय दुबै जहाज १३५ फिटसम्मको नजिक आएका थिए । अमेरिकी समुन्द्री जहाजको प्रवक्ता क्याप्टेन चाल्र्स ब्राउनले यस घटनाको पुष्टि गरेका छन् । 

ब्राउनका अनुसार जहाजलाई ठक्करबाट बचाउनको लागि जहाज पछि गर्ने अमेरिकी जहाजको क्याप्टेनको सुझबुझले गर्दा दुर्घटना टरेको थियो । 

ब्राउनले चिनिया जहाँज विवादित क्षेत्रमा युद्ध अभ्यास गरिरहेको बताए । त्यसलाई अमेरिकी नौसैनिक जहाजले उक्त क्षेत्र छाड्न चेतावनी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?