शारीरिक सुगठन प्रतियोगितामा सहभागी हुन कमल भारत प्रस्थान

काठमाडौं । भारतको पुनेमा मंगलवारदेखि शुरु भएको ५२ औं एशियाली शारीरिक सुगठन प्रतियोगितामा सहभागी हुने एक खेलाडी र प्रशिक्षकलाई बिदाइ गरिएको छ । 

खेलाडी कमल भण्डारी र प्रशिक्षक ज्ञानेन्द्र नकर्मीलाई मंगलवार एक कार्यक्रमको आयोजना गरि बिदाई गरिएको हो । खेलाडी र प्रशिक्षक मंगलवारै त्यसतर्फ प्रस्थान गरेका छन् । 

खेलाडी र प्रशिक्षकलाई नेपाल शारीरिक सुगठन संघका उपाध्यक्षद्धय बिजयलाल कयस्थ, दिनेश राजभण्डारी, सदस्य दिनेश श्रेष्ठ र अन्तर्राष्ट्रिय खेलाडी रुजेश शाही लगायतले बिदाई गरेका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?