अशोक उत्कृष्ट

काठमाडौं । भारतको मुम्बइमा भएको ४० औं अन्तर्राष्ट्रिय पुम्से रेफ्री सेमिनारमा नेपालका अशोक खड्का उत्कृष्ट भएका छन् ।

भारतीय तेक्वान्दो संघको तत्वावधानमा विश्व तेक्वान्दो महासंघको आयोजनामा गरेको सेमिनारमा १५ राष्ट्रका १ सय ३६ जना सहभागी थिए ।

सहभागी मध्ये अशोक उत्कृष्ट भएको नेप्लिज तेक्वान्दो संघका अध्यक्ष समेत रहेका अशोकले जानकारी गराएका छन् ।
पुम्से सेमिनारमा नेपालबाट ४ जना सहभागी थिए । 

विश्व तेक्वान्दो पुम्से रेफ्री कमिटीका अध्यक्ष मुस्तफाले अशोकलाई प्रमाण पत्र प्रदान गरे । सेमिनार सेप्टेम्बर २८ देखि अक्टोबर १ तारिखसम्म भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?