उत्तर कोरियासँग ६० वटा आणविक हतियार ?

सिओल– दक्षिण कोरियाका एकजना उच्च अधिकारीले उत्तर कोरियासँग ६० वटासम्म आणविक हतियार हुनसक्ने बताएका छन् ।
उत्तर कोरियाको गोप्य आणविक हतियारको संख्याका बारेमा टिप्पणी भइरहेका बेला सांसद समक्ष ती अधिकारीले उक्त जानकारी दिएका हुन् ।

कोरिया एकीकरण मन्त्री चो म्योङ–ग्योनले सोमबार संसदमा सम्बोधन गर्दै उत्तर कोरियासँग २० देखि ६० वटासम्म आणविक बम रहेको दाबी गरे । उनी  एकजना सांसदले उठाएको प्रश्नको जवाफ दिँदै थिए । उनले यस सम्बन्धी जानकारी गुप्तचर निकायबाट प्राप्त भएको पनि बताएका छन् ।

दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवाले भने यसबारेमा कुनै टिप्पणी गरेको छैन ।

मन्त्री चोको टिप्पणीको अर्थ दक्षिण कोरियाले उत्तरलाई आणविक हतियारयुक्त राष्ट्रको मान्यता दिएको भन्ने होइन, मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । मन्त्रालयले उत्तर कोरियालाई आणविक हातहतियारविहीन राष्ट्र बनाउने योजनालाई निरन्तरता दिइने बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?