एजेन्सी : चिनियाँ चर्चित अभिनेत्री फान बिंगबिंगलाई कर छली गरेको अभियोगमा करोडौं युयान जरिवाना तिर्न आदेश दिइएको छ ।
तीन महिनादेखि सार्वजनिकरूपमा देखा नपरेकी फानलाई यो जरिवाना तोक्ने निर्णय सार्वजनिक भएको हो ।
विश्वमै सर्वाधिक पारिश्रमिक लिने अभिनेता अभिनेत्री मध्येकी एक फानले जरिवाना तिरेमा उनी विरूद्धको फौजदारी अभियोगमा मुद्दा नचल्ने सिन्ह्वाले जनाएको छ ।
सेलिब्रेटिहरूले कसरी सम्झौताबाट आमदाी गर्छन त्यसबारे छानबिनका लागि गर्न गठित सरकारी छानबिन समितिले फानको बारेमा एक प्रतिवेदन तयार गरेको हो ।
सम्झौता एक थरी र आमदानी अर्को थरी हुने सम्झौतालाई चीनमा यिंगयांग सम्झौता भनिन्छ । यिंगयांग सम्झौता गर्नेहरूमा केही फिल्मका स्टार अभिनेताहरू रहेको पाइएको छ ।
उनीहरूका बारेमा यो छानबिन समितिले छानबिन गरिरहेको छ ।
फानका मानिसहरूलाई छानबिनका लागि पक्राउ गरिएको थियो । फानको स्टूडियोले फानसँग कहिल्यै पनि यिंगयांग सम्झौता नगरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया