एजेन्सी :क्यानाडामा ३१.९ अर्ब अमेरिकी डलर बराबरको तरल प्राकृतिक ग्यास(एलएनजी)को परियोजनाका साझेदारहरूले परियोजना अगाडि बढाउने घोषणा गरेका छन् ।
रोयल डच शेल, मलेसियाको पेट्रोन्स, पेट्रो चाइना, कोरिया ग्यास करपोरेशन र जापानको मित्सुबिशी करपोरेशनको संयुक्त लगानीमा यो परियोजना अगाडि बढेको हो ।
क्यानाडाको इतिहासमा यो परियोजना एक्लो सबै भन्दा ठूलो नीजी क्षेत्रको लगानी हो ।
यो परियोजनाबाट २ करोड ६० लाख टन एलएनजीलाई उत्पादन गरी उदीयमान एसियाली बजारमा निर्यात गरिने लक्ष्य लिइएको छ ।
क्यानाडाले यो परियोजनाका लागि २७ करोड ५० लाख क्यानाडियाली डलरको सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
यो परियोजना यो वर्ष देखि शुरू हुने भएको छ । यो परियोजनाले सन् २०२४बाट ठूलो परिमाणमा आपूर्ति गर्ने अपेक्षा गरिएको छ ।
क्यानाडाको प्रशान्त महासागरको किनाराबाट टोकियो र संघाईका लागि एलएनजी लोड गरिएको जहाज १० दिनमा पुग्नेछ ।
अहिलेको माग भन्दो दोब्बर माग सन् २०३५सम्म पुग्नेछ । एसियामा एलएनजीले कोइलाको प्रयोगलाई विस्थापित गर्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया