काठमाडौं । तेस्रो एक दिवसीय क्रिकेटमा केन्याले नेपाललाई २५६ रनको चुनौती दिएको छ ।
नैरोवीस्थित जिमखाना मैदानमा टस जितेर ब्याटिङ गरेको केन्याले ५० ओभरको समाप्तिमा ९ विकेट गुमाएर २५५ रन जोडेको हो । अबको केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्नेछ ।
यसअघिका दुई खेल नेपालले जितिसकेको छ । नेपालले पहिलो एक दिवसीयमा ७ विकेट र दोस्रोमा १७ रनको जित निकालेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया