फलेनिमा दुई कोठे विद्यालय भवन निर्माण

लोकपथ
77
Shares

लमजुङ ।  ८ बन्सारमा रहेको फलेनी माध्यमिक विद्यालयमा २ कोठे विद्यालय भवन निर्माण भएको छ । श्लिषा संस्थाको समन्वय तथा होल्ड चिल्डेन्स् सर्भिस संस्थाको आर्थिक सहयोगमा भवन निर्माण गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक रामजी श्रेष्ठका अनुसार होल्ड चिल्डेन्स् सर्भिस संस्थाको ३२ लाख ९९ हजार ६ सय ९८ रुपैयाँ र विद्यालयको १ लाख ५९ हजार ६ सय रुपैयाँ गरी ३४ लाख ५९ हजार २ सय ५८ रुपैयाँ भवन निर्माण गरिएको हो । जस्तापाता राखेर निर्माण गरिएको उक्त विद्यालय भवनमा बाल विकास कक्षा संचालन गर्ने विद्यालयले जनाएको छ ।

२ कोठ भवनमा शौचालय, बाथरुम समेत रहेको छ । विद्यालयका अनुसार बालबालिकाका लागि, खेलकुदका सामग्रीहरु समेत निर्माण गरिएको छ । हाल बालविकास कक्षामा २५ जना विद्यार्थीहरु अध्ययनरत छन् ।

दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले पालिकाले विकास र योजना निर्माण गर्दा शिक्षालाई प्रथामिकतामा राखी अघि बढेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?