मोडल विकास खतिवडासँग गफगाफ : जति बदनाम गरिन्छ त्यति तल्लोस्तरको छैन मोडलिङ क्षेत्र

नेपाली फेसन क्षेत्रमा चिरपरिचित नाम हो विकास खतिवडा । विगत २० वर्षदेखि उनी यही क्षेत्रमा कार्यरत छन् । नेपालमा मोडलिङ क्षेत्रमा लाग्ने प्रशस्तै भेटिन्छन् तर यसैलाई आफ्नो करियर बनाएर सिंगो जीवन यसैमा समर्पित गर्नेहरुको सङ्ख्या औंलामै गन्न भ्याइन्छ । त्यही सिमित व्यक्तिहरुमा गनिन्छन् विकास ।

हुन पनि उनले आफ्नो जीवनको दुई दशक यही क्षेत्रमा बिताइसके । त्यो दुई दशक लामो अवधिमा उनले ९० वटाभन्दा बढी विज्ञापनहरु खेल्न भ्याएका छन् । त्यसैगरी  दर्जनौं –याम्पहरुमा हिँडिसकेका छन् । आफ्नो यात्रालाई फर्केर हेर्दा उनलाई महसुस हुन्छ ‘म मोडल हुनलाई नै जन्मेको हुँ’ । किनकि उनी मोडल हुन चाहेर मोडल बनेका होइनन् । मोडलिङ आफैं उनको ढोका ढकढकाउन आइपुगेको थियो । ‘मैले मोडलिङ चुनेको होइन, मोडलिङले मलाई चुनेको हो ।’ उनले मुस्कुराउँदै बताए ।  

‘कसरी भनेर बुझ्न २० वर्षअघिको समयलाई फर्केर हेर्नैपर्छ ।’ उनले आफ्नो भनाइलाई प्रष्ट्याउन चाहे । 

२० वर्षअघि विकास आफ्नी साथीसँग एक इभेन्टमा पुगेका थिए । आयोजकलाई पुरुष मोडलको आवश्यकता थियो । पहिलेदेखि नै राम्रो लुक्स र पर्सनालिटीका धनी विकास उनीहरुको आँखामा परिहाले । उनीहरुले विकासलाई सोही कार्यक्रममा –याम्पमा हिँड्ने अफर राखे । शुरुमा केही नर्भस भएपनि आफैं ढोका ढकढकाउँदै आएको अवसरलाई उनले नकारेनन् । उनी अचम्म त तब परे जब अन्य अनुभवी मोडलहरुलाई भन्दा उनलाई दर्शकले बढी रुचाए, बढी हुटिङ गरे । त्यो बेला उनको मस्तिष्कमा एउटै वाक्य गुञ्जिरह्यो ‘म मोडल हुनै जन्मेको रहेछु’ । कार्यक्रम सकिएपछि नायक भुवन केसीले उनलाई ‘तिम्रो शो एकदम राम्रो लाग्यो । अन्तर्राष्ट्रिय फेसन शो हेरेजस्तो फिल भयो ।’ भन्दै प्रतिक्रिया दिएका थिए । त्यही भनाइले उनलाई मोडलिङलाई निरन्तरता दिने प्रेरणा दियो । र, आज उनी सफलताको यो उचाइसम्म आइपुगेका छन् । 

जीवनको ४० औं वसन्तमा पनि उनी उत्तिकै ह्यान्डसम र फिट देखिन्छन् । उनको चार्म अहिले पनि उस्तै छ । यसको श्रेय उनी आफ्नो खुसी जीवनलाई दिन्छन् । ‘अहिलेसम्म म जिम गएको छैन, जंक फुड पनि टन्नै खान्छु । तर, सन्तुष्ट र खुसी छु त्यसैले पनि भित्रको चार्म बाहिरसम्म झल्किएको हुनसक्छ ।’ उनले हाँस्दै आफ्नो सुन्दरताको राज खोले ।

‘तर, अहिले मोडलहरुलाई धेरै सजिलो छ । सिक्ने माध्यम पनि टन्नै अनि सिकेको कुरालाई प्रस्तुत गर्ने प्ल्याटफर्म पनि ।’ 

हुन त, मोडलिङ करियरका लागि त्यो समय उपयुक्त थिएन । सिक्ने माध्यम नै थिएन त्यतिबेला । अहिले जस्तो इन्टरनेटको विकास नभइसकेकाले अन्य देशका मोडलहरुबाट हेरेर सिक्न पनि सम्भव थिएन । त्यसैले जेजस्तो गरेपनि आफैं गर्नुपथ्र्यो । ‘पोजहरु, –याम्पमा हिँड्ने स्टाइलहरु आफैं सोच्नुपथ्र्यो ।’ आफूले मोडलिङ गर्दाका दिनहरु सम्झिँदै उनी मज्जाले हाँसे । विकास थप्छन्, ‘तर, अहिले मोडलहरुलाई धेरै सजिलो छ । सिक्ने माध्यम पनि टन्नै अनि सिकेको कुरालाई प्रस्तुत गर्ने प्ल्याटफर्म पनि ।’ 

यद्यपी, यो क्षेत्र बाहिर धेरै बदनाम छ । यहाँ उमेर हुन्जेल मात्र हो त्यसपछि टिक्न गाह्रो छ भन्छन् नि भन्ने हाम्रो प्रश्नमा उनी ठट्टा गर्दै भन्छन् ‘खै म चालीस लागेँ टिकीरहेको छु त ।’ 
विकासका अनुसार समस्या हरेक क्षेत्रमा हुन्छ । फरक यति हो त्यो विभिन्न प्रकारको हुन्छ । त्यस्तै यस क्षेत्रमा पनि छुट्टै समस्या छन्, चुनौती छन् तर मान्छेको नजरमा जति बदनाम छ त्यति तल्लोस्तरको चाहिँ होइन ।

बरु उनलाई यहाँ काम गर्दा पिकनिक गएजस्तो लाग्छ । रमाइलो । बिहान १० देखि ६ बजेसम्म एउटै डेस्कमा बसेर गर्ने काम जस्तो पट्यार लाग्दो हुँदैन फेसन क्षेत्र । नयाँ ठाउँ, नयाँ मान्छे, नयाँ चुनौतीहरुसँग साक्षात्कार हुने अवसरहरु जुटिरहन्छन् । विकासलाई त्यस्तै मनपर्ने ।

विकास आफू मात्रै नभएर उनकी श्रीमती र तीन वर्षे छोरीसमेत यही क्षेत्रमा संलग्न छन् । उनकी छोरी युभ्नाशाले दर्जनौं विज्ञापनहरुमा खेलिसकिन् । ३ वर्षे युभ्नाशा एउटा एड बराबर १० हजार रुपैयाँ कमाउँछिन् ।

विकास आफू मात्रै नभएर उनकी श्रीमती र तीन वर्षे छोरीसमेत यही क्षेत्रमा संलग्न छन् । उनकी छोरी युभ्नाशाले दर्जनौं विज्ञापनहरुमा खेलिसकिन् । ३ वर्षे युभ्नाशा एउटा एड बराबर १० हजार रुपैयाँ कमाउँछिन् । विभिन्न संघसंस्थाले उनलाई ‘बेस्ट चाइल्ड आर्टिस्ट’को रुपमा सम्मान पनि प्रदान गरेको छ । आफ्नी छोरी ठूलो भएर यही क्षेत्रमा स्थापित होस् भन्ने विकासको इच्छा छ । युभ्नाशालाई राष्ट्रिय मात्र नभएर अन्तराष्ट्रियस्तरमै पुगेको हेर्न चाहन्छन् उनी । 

आफूलाई मोडलिङमा मात्रै सिमित नराखेर विकासले केही वर्षअघि ‘इनोभेटिभ इन्टरटेन्मेन्ट’ नामक कम्पनी खोलेका छन् । कम्पनीले उदीयमान मोडलहरु जन्माइसकेको छ । त्यसका अतिरिक्त कम्पनीले इभेन्ट आयोजना गर्ने, विज्ञापन बनाउने आदिजस्ता क्रियाकलापहरु पनि गर्दै आएको छ । आफ्नो आधा जिन्दगी फेसन क्षेत्रलाई दिएका विकास बाँकी जीवन पनि यसरी नै बिताउन चाहन्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?