काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता मंगलवारदेखि काठमाडौंमा सुरु हुँदैछ । आजको उद्घाटन खेलमा नेपाल र भुटानबीच प्रतिष्पर्धा हुनेछ ।
खेल साँझ ५ः३० बजे दशरथ रंगशालामा सुरु हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने छैटौं संस्करणको प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले गर्ने तालिका छ ।
साविक उपविजेता नेपाल भुटानलाई हराउँदै सुखद् सुरुवात गर्ने योजनामा मैदान उत्रिनेछ । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया