यी महिलाले राखिन् रेकर्ड, १८ महिनासम्म पनि बच्चा कोखमै

काठमाडौं । कोही महिला जब आमा बन्छिन् त कोखमा ९ या दश महिना बच्चा रहने गर्छ । सुन्दा अचम्म लाग्ला तर एक महिलाको गर्भवती भएको १७ महिना बितिसक्दा पनि डेलिभरी भएको छैन ।

चीनको वाङ सुई नामकी एक महिलाले १७ महिनादेखि गर्भवती हुने रेकर्ड बनाएकी छिन् । उनी सन् २०१७ देखि गर्भवती छिन् ।

यी महिलाको के दावी छ भने उनी १७ महिनादेखि गर्भवती छिन् । गर्भवती भएपछि उनी निरन्तर डाक्टरसँग जाँचका लागि पनि गएकी छिन् । डाक्टरले ती महिलालाई सन् २०१८ मा डेलिभरी हुने डेट दिएका थिए । तर, समय पूरा भएर पनि बच्चा जन्मिएन । १४ औँ महिनामा डाक्टरले बच्चालाई बाहिर ल्याउन नसक्ने बताएका थिए । किनकि भ्रूण अझै पनि परिपक्व भएको छैन ।

वाङ चेकअपका लागि करीब ३० पटक अस्पताल गइसकेकी छिन् । १७ महिना बितिसक्दा पनि बच्चाको शरीरको विकास राम्रोसँग भएको छैन । जसका कारण महिलाले अझै बच्चा पाउन सकेकी छैनिन् । महिलाले जबसम्म बच्चा पूर्ण तयारी हुँदैन, तबसम्म बच्चा नपाउने बताउँछिन् । चीनका डाक्टरले भने १८ औँ महिनामा डेलिभरी हुने दावी गरेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?