नेपाल भर्सेस भुटान : किक अफ

लोकपथ
7
Shares

काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलको किक अफ भएको छ । नेपालले भुटानको सामना गर्दैछ । छैटौं संस्करणको साफ प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले गरेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना भएको खेल ५:३० बाट सुरु भएको हो । नेपाल भुटानलाई हराउँदै सुखद् सुरुवात गर्ने योजनामा मैदान उत्रिएको छ । यता भुटानपनि नेपाललाई घरेलु मैदानमा हराएर सुखद सुरुवातको दाउमा हुनेछ ।

साफमा नेपाल र भुटानको हेड टु हेड

२०१४मा पाकिस्तानको इस्लामावादमा भएको साफको तेस्रो संस्करणमा नेपालको भुटानसँग भेट भएको थियो । नेपालले समूह चरणमा भुटानलाई ८–० को फराकीलो गोल अन्तरले गरेको थियो ।

त्यस्तै, भारतको सिलिगुढीमा भएको चौथो संस्करणमा पनि नेपाल र भुटनको भेट भएको थियो । समूह चरणको खेलमा नेपालले भुटानलाई ८-० को गोल अन्तरले नै पराजित गरेको थियो ।

त्यसपछि पाँचौ संस्करणमा नेपालको घरेलु मैदानमा साफ आयोजना भएको थियो । विराटनगरमा आयोजित उक्त संस्करणमा नेपालले समूह चरणका खेलमा भुटानलाई ३–० गोल अन्तरले हराएको थियो ।

यो पनि पढ्नुहोस् :  साफ च्याम्पियनसिप : नेपाललाई सधैँ भारत तगारो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?