धितोपत्र बोर्डले सात वटै प्रदेशमा शाखा कार्यालय विस्तार गर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सबै प्रदेशमा आफ्नो शाखा कार्यालय विस्तार गर्ने तयारी गरेको छ । 

नेपाल  धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले सबै प्रदेशमा आफ्नो शाखा कार्यालय विस्तार गर्ने योजना तय गरिएको जानकारी दिएका हुन् ।

‘चालू आर्थिक वर्ष भित्र प्रदेश १ मा बोर्डको शाखा कार्यालय विस्तारको काम सम्पन्न गर्ने बोर्डको योजना छ’ अध्यक्ष कार्कीले भने ।

बोर्डले पूँजीबजारसम्बन्धि पर्याप्त सूचना दिन बुधबार नयाँ अनलाईन सेवा पनि संचालनमा ल्याएको छ । लगानीकर्ताहरुका लागि पर्याप्त सूचना दिन नयाँ अनलाईन सेवा संचालन गरिएको पनि बोर्डका अध्यक्ष कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?