काठमाडौं । बाग्मती अञ्चलमा नयाँ मोटरसाइकलको दर्ता रोकिएको छ ।
सरकारको लापरवाहीका कारण बाग्मतीमा नयाँ मोटरसाइलको दर्ता रोकिएको हो ।
बाग्मती अञ्चलमा ९९ लटसम्म मोटरसाइकल दर्ता भइसकेको छ । अब १०० को लटमा प्रवेश गर्न कानूनी समस्याका कारण रोकिएको हो ।
यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण उपाध्यायका अनुसार दुई दिनदेखि नयाँ दर्ता रोकिएको छ ।
‘यातायात व्यवस्था नियमावलीमा २ डिजिटसम्म मात्रै लट नम्बर राखेर मोटरसाइकल दर्ता गर्न पाइने व्यवस्था कानूनमा छ । यही व्यवस्थाका कारण ९९ लटको सबै नम्बर सकिएपछि २ दिनदेखि नयाँ दर्ता रोकिएको हो’ उनले भने ।
तर यातायात व्यवस्था नियमावलीमा भने २ डिजिटको लट नम्बर राखेर मात्रै सवारी दर्ता गर्नुपर्ने प्रावधान छ ।
बाग्मतीमा दर्ता भइसकेका मोटरसाइकलको संख्या १० लाख पुगेको छ ।
सतुंगलस्थित मोटरसाइकल कार्यालयका प्रमुख गणेश अर्यालका अनुसार कानूनले नयाँ दर्ता गर्न नदिने अवस्था आएपछि बुधबारबाट नयाँ दर्ता बन्द गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया