यस्तो छ ‘प्रेमलीला’को फस्ट लूक

काठमाडौं । चलचित्र ‘प्रेमलीला’ को फस्ट लूक सार्वजनिक गरिएको छ । आज वुधवार अनामनगरमा एक कार्यक्रमको आयोजना गर्दै फस्ट लूक सार्वजनिक गरियो ।

फस्ट लूकमा नायिका दीपशिखा खड्कालाई प्रस्तुत गरिएको छ । साथै चलचित्रमा दीपशिखासँगै अलि खान र मौसम खड्काले पनि मुख्य भूमिकामा अभिनय गरेका छन् ।

फस्ट लूकमा नायिकाले कपाल मुण्डन गरेको देखाइएको छ । चलचित्रको कथा पनि खड्काले नै लेखेकी हुन् ।

यस्तै चलचित्रलाई पवन गौतमले निर्देशन गरेका हुन् ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?