सिटी कार्गोले अनावरण गर्यो नयाँ ब्राण्ड लोगो

लोकपथ
0
Shares

काठमाडौं । छोटो समयमा नेपालको दुवानी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सिटी कार्गोले आफ्नो नयाँ ब्राण्डको लोगो अनावरण गरेको छ । योसँगै अब उपाय सिटी कार्गो ‘उपाय’ को नामले चिनिने छ ।

नेपालमा ब्यापारिक र निजी प्रयोजनको लागि सस्तो, भरपर्दो र पारदर्शीताका साथ ढुवानी सेवा प्रदायकका नामले परिचित नाम उपाय सिटी कार्गोलाई लिन सकिन्छ । उपायले प्रबिधीको सही प्रयोग गरेर समग्र दुवानी व्यवसायलाई ब्यवसायीक र प्रतिस्पर्धी बनाउने प्रयास गरि रहेको छ ।

“पुरानो लोगोको सारलाई राख्दै सिटीले नयाँ लोगो पनुः डिजाईन गर्नु चनुौती हुँदो रहेछ ।” नयाँलोगोको बारे प्रकाश पार्दै उपायका प्रबन्ध निर्देशक समुन रायमाझीले भने “हाम्रो नयाँ लोगो देशभर आफ्नो ग्राहकलाई प्रदान गर्ने सेवाको समग्र प्रतिनिधित्व हो । उपाय आफ्नो डेलिभेरी, व्यापारिक, फ्रेन्चाइज तथा गठबन्धन साझेधारहरुको सद्भाव तथा सहयोगमा उपायलाई ढुवानी क्षेत्रको एक ठुलो तथा विश्वासिलो ब्रान्ड बनाउने प्रण गर्दछ ।”

निलो र सुन्तला रंगमा डिजाईन गरि एकोउपायको नयाँ लोगोले विश्वास र उर्जालाई प्रतिक गर्न खोजेको छ । नयाँ लोगोमा तीनवटा माईल छन् जस्ले उपायको पूर्ण ढुवानीको प्रकृयालाई चित्रण गरेको छ । (पहिलो माईल) डेलिभरी जनु ढुवानी प्रकृयाको शरुुवात हो, (मध्य माईल) डेलिभरी जहाँ सामान गन्तव्यसम्म पुर्याउने कार्यलाई जनाउछ । (अन्तिममा माईल) डेलिभरी जस्ले सामान गन्तव्यमा सुरक्षीत गन्तब्यमा पुगेको जनाउँछ ।

नयाँ लोगोले उपायलाई एक विश्वसनीय र गणुस्तरीय इण्ड टु इण्ड लोजिकिस्टीक सेवा प्रदायकका रूपमा स्थापित गर्न मदत गर्छ भन्ने कुरामा कम्पनी विश्वस्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?