काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले भुटानलाई हराएको छ । प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानविरुद्ध चार–शून्य गोल अन्तरको जित हात पारेको हो ।
नेपालको जितका लागि खेलको एघारौं मिनेटमा सावित्रा भण्डारी (साम्बा)ले एक गोल गरिन । खेलको पहिलो हाफ एक–शून्यमा रोकिएपनि दोस्रो हाफमा नेपालले गोल थप्यो ।
खेलको दोस्रो हाफमा पुन सावित्रा भण्डारी (साम्बा) एक गोल थपिन भने अनिता बस्नेतले दुई गोल गरिन । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज दिउँसो साढे पाँच बजेबाट सुरु भएको खेलमा भुटानका तर्फबाट भने कुनैपनि खेलाडीले गोल फर्काउन सकेनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया