टाइगर र दिशाको ब्रेकअप

मुम्बई । बलिउडका रोमान्टिक जोडी दिशा पटानी र टाइगर श्राफको जोडी अनस्किृनमा निकै रुचाइयो । तर अहिले भने यी दुईको सम्बन्धमा दरार आएको छ ।

लामो समयसम्म सम्बन्धमा रहेका यी दुईले छुट्टिने फैसला गरेको भारतीय मिडियाहरुले लेखेका छन् । टाइगर र दिशा तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

टाइगर श्राफ बलिउडमा फिटनेस र नृत्यका कारण चर्चामा रहन्छन् । दिशा पनि नाच्नमा माहिर छिन् । दुवै बलिउडका चर्चित सेलिब्रेटी पनि हुन् ।

सन् २०१८ मा यी दुईले बक्स अफिसमा राम्रो कमाएको फिल्म ‘बागी २’ मा एकसाथ काम गरेका थिए । यी दुईको केमेष्ट्रीलाई दर्शकले रुचाएका पनि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?