साफ महिला च्याम्पियनसिपमा नेपाल–भुटानबीचको प्रतिस्पर्धा (तस्बिरहरू)

लोकपथ
70
Shares

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ । आज मंगलवार दशरथ रंगशालामा भएको उद्घाटन खेलमा भुटानलाई ४–० ले पराजित गर्दै सुखद सुरुवात गरेको छ ।

नेपालका लागि सावित्रा भण्डारी र अनिता बस्नेतले समान २–२ गोल गरे । सावित्राले खेलको १२ औं र ६८ औं मिनेटमा गोल गर्दा अनिताले ५३ औं र ८५ औं मिनेटमा गोल गरे । पहिलो जितसँगै समूह ‘ए’ मा रहेको नेपालले तीन अङ्क जोडेको छ । नेपालले अब भदौ २७ गते सोमबार श्रीलङ्कासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?