काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीमा ‘गोल मेसिन’ का रुपमा परिचित सावित्रा भण्डारी (साम्बा) ले आफ्नो ४० औं अन्तराष्ट्रिय गोल पूरा गरेकी छन् ।
आज (मंगलवार) बाट काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको छैठौं संस्करणको साफ च्याम्पियनशिप प्रतियोगितको उद्घाटन खेलमा भुटानविरुद्ध दुई गोल गर्दै साम्बाले आफ्नो ४० औं गोल पूरा गरेकी हुन् ।
भण्डारीले खेलको ११ औँ र ६८ औँ मिनेटमा गोल गरेकी हुन् । योसँगै उनले ४० औँ खेलमा ४० औँ गोल पुर्याएकी हुन् । आज सम्पन्न खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले हराएको छ । आजको खेलमा साम्बा बाहेक अनिता बस्नेतले पनि दुई गोल गरेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया