एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको अभिव्यक्ति प्रति उनकै पार्टीका नेताहरूले उनको आलोचना गरेका छन् ।
रिपब्लिकन सिनेटरहरूले सर्वोच्च अदालतका लागि नामांकित गरिएका न्यायाधीशका विरूद्ध यौन आरोप लगाउने महिलाको खिल्ली उडाएकोमा ट्रम्पको कडा आलोचना गरेका हुन् ।
सिनेटर जेफ फ्लेक र सुजन कालिन्सले ती महिला प्रति सार्वजनिक ट्रम्पको टिप्पणी घटिया र एकदम गलत भएको बताएका छन् ।
सर्वोच्चको न्यायाधीशका लागि नामाकिंत न्यायाधीश क्योनफमाथि आरोप लगाउने प्रोफेसर क्रिस्टिन ब्लेसी फोर्डलाई यौन आक्रमणको घटनाक्रमबारे महत्वपूर्ण विषय स्मरण नभएको भन्दै ट्रम्पले एक सर्वाजनिक सभामा उनको खिल्ली उडाए ।
तर गत हप्ता ट्रम्पले फोर्डका बारेमा धेरै विश्वसनीय साक्षी भनेर टिप्पणी गरेका थिए ।
क्याभेनफमाथि लागेको यौन आरोपको जाँच रिपब्लिकन सिनेटर जेफ फ्लेकले गरिरहेका छन् ।
उनले एनबीसी कार्यक्रम टुडेमा भने “ कुनै पनि ठाउँ वा समयमा यस किसिमको टिप्पणी हुनु हुँदैन् ।
कुनै राजनीतिक सभा यस किसिमको संवेदनशील मामिलामा यसरी कुरो गर्नु सही होइन । यो निसन्देह सही होइन । ट्रम्पले यसो नगरेको भए हुन्थ्यो ।”
त्यसैगरी सिनेटर कालिन्सले पत्रकारहरूसँग कुरोकानी गर्दै राष्ट्रपतिको टिप्पणी स्पस्टरूपमा गलत भएको बताइन् ।
तर यो मामिला सिनेटमा पुगेको छ । यसको विरोधमा उनले मतदान गर्ने वा नगर्ने विषयमा भने उनले स्पस्ट पारेकी छैनन् ।
यसैगरी सिनेटर लिसा मर्कोव्स्कीले पनि ट्रम्पको आलोचना गरेकी छिन् । उनले ट्रम्पको भाषण पूर्णरूपले अनुचित र अस्वीकार्य भएको बताइन् ।
क्याभेनफको नियुक्ति भएमा अमेरिकाको सर्वोच्च अदालतको सैद्धान्तिक झुकाव रूढीवादी हुनेछ ।
सिनेटमा रिपब्लिकन र डेमोक्रेट्सबीचको अन्तर धेरै कम छ । रिपब्लिकनको ५१ र डेमोक्रेट्सको ४९ छ ।
यस्तोमा दुईटा सिनेटरले विरोधमा मतदान गर्ने क्याभेनफको नियुक्ति सम्भव हुनेछैन् ।
मतदानमा एक मत विपक्षमा गए ट्रम्पका लागि उपराष्ट्रपति माइक पेन्सको मत अन्तिम र निर्णायक बन्न पुग्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया