एजेन्सी :अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) ले इरानमाथि अमेरिकालाई पुनः लगाइएका प्रतिबन्धहरू खुकुलो पार्न आदेश दिएको छ ।
इरानसँग गरिएको बहुपक्षीय अन्तर्रा्ष्ट्रिय पारमाणविक सम्झौताबाट बाहिरिएको घोषणा गर्दै अमेरिकाले इरानमाथि फेरि प्रतिबन्धहरू लगाएको थियो ।
इरानको पक्षमा अडान लिँदै आईसीजेले खानेकुरा र औषधिजस्ता अत्यावश्यक वस्तुको निर्यातलाई अनुमति दिइनुपर्ने फैसला दिएको हो ।
यी विषय आफ्नो राष्ट्रिय सुरक्षासँग सम्बन्धित भएको जनाउँदै अमेरिकाले त्यसबारे आदेश दिने क्षेत्राधिकार आईसीजेसँग नभएको तर्क गरेको छ ।
द हेगमा अवस्थित आईसीजेका आदेशहरू बाध्यतात्मक हुँदा पनि त्यसको कार्यान्वयन गर्ने सामथ्र्य त्यसमा रहेको छैन् ।
आईसीजे संयुक्त राष्ट्रसंघको प्रमुख न्यायिक अंग हो । त्यसले सदस्य राष्ट्रहरूबीचको उत्पन्न हुने विवादको छिनोफानो गर्ने गरेको छ ।
अमेरिका र इरान दुवैले विगतमा आईसीजेका आदेशहरूको पालना नगरेको उदाहरणहरू पनि छन् ।
आईसीजेका अध्यक्ष न्यायाधीश अब्दुल कवि युसुफले निर्णय सुनाउँदै भने, “अमेरिकाले इरानी भू–भागमा मानवीय आवश्यकताका सामानहरूको निर्बाध निर्यात गर्न दिनुपर्छ भन्ने यो अदालत ठम्याइ हो ।”
इरानको विदेश मन्त्रालयले आईसीजेको आदेशले इरानको समर्थन र अमेरिकी प्रतिबन्धहरू अवैधानिक एवम् दमन भएको पुष्टि भएको प्रतिक्रिया दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया