काठमाडौं । नेपाल भलिबल संघको चुनावी साधारण सभा आज बुधवार हुँदैछ । बबरमहलस्थित कार्की बैंक्वेटमा भलिबल संघको चुनावी साधारण सभा हुने बताइएको छ ।
संघको चुनावी साधारण सभाले चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष निरोज मास्के र महासचिव जितेन्द्रचन्द चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।
मास्केको प्यानलबाट महासचिवमा मनवीर छन्त्याल छन् भने चन्दको प्यानलबाट रोशन श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेका छन् । संघको केन्द्रीय निर्वाचनमा १३१ जना मतदाता छन् । बागमती प्रदेशबाट दुई भोट निर्वाचन प्रक्रियामा समावेश गरिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया