काठमाडौ :दशैंको मुखमा आएर अमेरिकी डलर बराबरको तुलनामा भारतीय मुद्रा भारु निरन्तर कमजोर भइरहँदा यो पटक दशैं खल्लो हुने आंशका बढेर गएको छ ।
व्यापारीहरूले वस्तुको मूल्य बढाउने छन् । दशैं मान्न भारतीय बजारबाट पैठारी गरिने चाहिने मरमसला लुगाफाटा जस्ता समानहरूको भाउ बढ्न सक्ने देखिएको छ ।
तेलको भाउ पनि अन्तर्राष्ट्रिय बजारमा बढिरहेकाले ढुवानी खर्चले वस्तुहरूको भाउ बढाउने ललितपुर मंगलबजारका व्यापारीहरूको भनाइ छ ।
उनीहरू भन्छन् “ नेताहरूले भारतलाई जति गाली गरेपनि देशमा कुनै समान उत्पादन गर्ने व्यवस्था मिलाउन सकेका छैनन् ।
सबै उतैबाट आउने हो । भारुको मूल्य अमेरिकी डलरको तुलनामा निरन्तर कमजोर हुँदै गएको छ । यसले सामानको भाउ बढाइरहेकोछ ।”
चामुण्डा माई मन्दिर अगाडि चामलको थोक तथा खुद्रा व्यापार गरी बसेका सञ्जय साहले भने “ पसलमा सामान ल्याएर राख्न धेरै सकस भइरहेको छ ।
सामानको भाउ बढिरहेको छ । उपभोक्ताले भाउ बृद्धिलाई सहज नमानेकाले सामान सोचेरै ल्याउनुपर्ने देखिन्छ ।”
अर्कोतर्फ बजार अनुगमन भएपनि त्यसको प्रभाव बजारको वस्तु मूल्यमा पर्ने गरेको छैन् ।
मूल्यमा कमी आउने नभएकाले भारुको कमजोरीको फाइदा उठाएर व्यापारीहरूले दशैंमा कमाइ गर्न पछि पर्नेछैनन् ।
उपभोक्ताले सकेसम्म दशैंमा खर्च गर्ने प्रवृतिबाट अभिप्रेरित हुने गरेकाले भारुको कमजोरी व्यापारीका लागि कमाउ बाटो बन्ने देखिएको छ ।
बुधबार भारतको मुद्रा बजारमा एक अमेरिकी डलर बराबर भारु ७३ रुपैया नाघेको छ ।
यो अहिलेसम्मकै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ । मुद्राको कमजोरीलाई रोक्न र थप कमजोर हुन नदिन टेकोको व्यवस्था गर्न भारतको केन्द्रीय बैंकले केही उपायको खोजी गरेको छ ।
भारतका तेल कम्पनीलाई १० अर्ब अमेरिकी भन्दा बढीको डलरको खोजी बाह्य व्यापारबाट खोज्न अनुमति दिएको छ ।
यसबाट डलरको माग भारतको खुद्रा बजारमा घटेर जान्छ । बजारमा डलरको मागमा कमी भए भाउ स्थिर हुन सक्ने अपेक्षाका साथ केन्द्रीय बैंकले यो उपायको खोजी गरेको हो ।
रिजर्भ बैंक अफ इन्डियाले यो गर्न सरकारसँग अनुमति लिएको छ । यो व्यवस्था गर्न लिइने रकमको परिपक्व समय ३ देखि ५ वर्षको भाखा राख्ने गरी गर्न भनिएको छ ।
यसरी बाह्य बजारबाट व्यवस्था गर्न भनिएको डलरको व्यवस्था गर्न नीजी कम्पनीलाई ७५ करोडअमेरिकी डलर बराबरको सीमा तोकेको छ ।
यो ऋण सापटीको संरचनामा यस्तो व्यवस्था गरिएको छ ।
स्टयान्डर्ड चार्टर्ड बैंकका वित्तीय बजारका प्रमुखले तेल भुक्तानीका लागि तेल कम्पनीहरूले संकलन गर्ने अमेरिकी डलरबाट केही राहत पुग्ने विश्वास व्यक्त गरेका छन् ।
भारतीय बजारमा भारुको मूल्य ७३.३४मा झरेर बन्द भएको थियो । अर्कोतर्फ कच्चा तेलको मूलय प्रतिब्यारल ८५ अमेरिकी डलर नाघेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया