काठमाडौं । नेपालभित्र रहेका अनेक प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको ‘नेपाल ट्यालेन्ट हन्ट’ ले डिजिटल अडिसन सुरु गरेको छ ।
आयोजक साइना साहारा ग्रुपले शोमा भाग लिन चाहने प्रतिभाशाली कलाकारले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्ने बताएको छ ।
रियालिटी शोको निर्णायको रुपमा गौरी मल्ल, निर शाह, सुगम पोख्रेल छन् । साइना साहारा ग्रुपको प्रस्तुति रहेको यस शोका निर्माता टेकप्रसाद बाँस्तोला हुन् भने हरि शर्मा प्रोग्राम हेड रहेका छन् । यस शोको निर्देशकमा फुर्वा शेर्पा र विष्णुबाबु पन्थ रहेका छन् ।
यो रियालेटी शो हरेक शनिवार र आइतवार एपीवान टेलिभिजनबाट प्रसारण हुनेछ । अडिसनमा सहभागि हुन चाहने प्रतियोगीले एक मिनेटेखि तीन मिनेटसम्मको भिडियो बनाई [email protected] मा पठाउनुपर्नेछ । अडिसन २९ भदौसम्म खुल्ला रहने छ ।
सबै प्रतिभाको एउटै मञ्च रहेकाले यो रियालिटी शोमा कलाकारले गायन, नृत्य, अभिनय, कमेडीदेखि जस्तोसुकै आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्ने भएकाले खुल्ला रुपमा अडिसन सक्ने शोका प्रोग्राम हेड शर्माले बताए । यसरी अडिसनपछि छानिने प्रतियोगीले क्रमैसँग आफूलाई अब्बल सावित गर्दैै लैजानुपर्ने छ ।
शोमा विजेता हुने प्रतियोगीले ५० लाखदेखि विभिन्न अवसरसम्म प्राप्त गर्न सक्ने आयोजकले जनाएको छ । योबाहेक सम्बन्धित विधामा विजेता विशेष अवसर पाउन सक्ने आयोजकको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया