यू-१८ साफ फुटबल विजेता नेपाली खेलाडीलाई नगद रुपैयाँसहित सम्मान गर्ने एन्फाको तयारी

काठमाडौं। अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले यू-१८ साफ फुटबल च्याम्पियनको विजेता नेपाली टिमका खेलाडीहरुलाई नगद रुपैयाँसहित सम्मान गर्ने भएको छ । 

एन्फाले विजेता खेलाडीहरुलाई जनही दुई-दुई लाख रुपैयाँको दरले पुरस्कार वितरण गर्ने जानकारी दिएको हो । 

‘‘खेलाडीहरुलाई सम्मान र मनोबल बढाउने उद्देश्यले प्रत्येक खेलाडीहरुलाई दुई-दुई लाख रुपैयाँ पुरस्कार दिने तयारी भइरहेको छ, यस्तो प्रकारको पुरस्कारले खेलाडीहरुमा थप खेल्न उर्जा दिन्छ, त्यसकारण एन्फाले सो पुरस्कार रकम घोषणा गरेको हो, दशैं अगाडि नै एक कार्यक्रमको आयोजना गरि खेलाडीहरुलाई पुरस्कृत गर्ने एन्फाले तयारी गरिरहेको छ’’ एन्फा प्रवक्ता किरण राईले बताए ।

 

साथै, उनले सम्मान कार्यक्रमको तयारी तिव्र भइरहेको पनि लोकपथलाई जानकारी दिए । 

नेपालले सन् २०१७ को सेप्टेम्बर १८ देखि २७ सम्म भुटानमा भएको यू-१८ साफ च्याम्पियनसिपको शिर्ष स्थानमा रहदै उपाधि जितेको थियो । 

राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा भएको फाइनल खेलमा बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि आफ्नो पाल्टामा पारेको थियो । छिरिङ लोप्साङ गुरुङको प्रशिक्षणमा भुटान पुगेको नेपाल समूहको शिर्ष स्थानमा रहर्दै उपाधि जितेको थियो ।

अन्तिम खेलमा भारतलाई पराजित गरेपनि समान ९ अंक बनाएको नेपाल हेड टु हेडको आधारमा बंगलादेशलाई पछि उपाधि जितेको थियो । यसअघि सन् २०१५ मा नेपालले भारतलाई ट्राइब्रेकरमा ५-४ गोलले पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?