काठमाडौं । एपलले प्रतिक्षित आईफोन १४ सिरिज अन्तरगत दुईवटा फोन सार्वजनिक गरेको छ । एपलले आईफोन १४ र आईफोन १४ प्लस सार्वजनिक गरेको छ ।
यी नयाँ फोनमा भूउपग्रहसँगको सम्पर्क सञ्जाल गर्न मिल्ने छ र कार दुर्घटना भएको पत्ता लगाउन सक्ने प्रविधि जडान गरिएको छ। आईफोन १४ मा नयाँ १२ मेगापिक्सेलको क्यामेरा जडान गरेको छ जसले तेज गतिमा चलिरहेका बस्तुहरूको फोटो खिच्न सक्छ । आईफोन १४ को मूल्य अमेरिकामा ७९९ डलर रहेको छ । आईफोन १४ प्रोको मूल्य अमेरिकामा ९९९ डलर तोकिएको छ ।
एपलले एपल वाच अल्ट्रा पनि सार्वजनिक गरेको छ । उक्त घडीको माध्यमबाट दुर्घटना भएको स्थान ट्रयाक गर्न सकिने छ र आपत्कालीन सम्पर्क व्यक्तिसँग पनि सम्पर्क गर्न सकिन्छ।
पूर्ण चार्ज गरेपछि ३६ घण्टा ब्याट्रीको आयु रहने भनिएको उक्त घडीको मूल्य ३९९ अमेरिकी डलर बाट सुरु रहेको छ । पौडी खेल्दा लगाउन मिल्ने, धुलोले प्रभाव नपार्ने र नटुट्ने खालको एपल अल्ट्रा वाचाहरू एक पटक चार्ज गरेपछि ३६ घण्टासम्म चल्ने छन् ।
त्यस्तै आईफोन १४ सँगै एपलले एपल वाच सिरिज ८ पनि सार्वजनिक गरेको छ ।
एपल वाच सिरिज ८ मा कैयौँ नयाँ विशेषता छन् जसमा दुर्घटनामा परेका कार पत्ता लगाउने र कम पावरमा पनि सञ्चालन हुने विकल्प छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया