सन्दिप प्रकरणमा क्यानलाई आईसीसीको प्रश्न: ‘भएको के हो, अब के हुन्छ ?’

लोकपथ
371
Shares

काठमाडौं । बलात्कार गरेको उजुरीपछि सन्दिपमाथि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सोधपुछ गरेको छ । आइसीसीले नेपाल क्रिकेट संघ क्यानसँग सन्दिपमाथि लागेको आरोपमा जानकारी लिएको हो ।

आइसीसीका उच्च अधिकारीले क्यानका सचिव प्रशान्त विक्रम मल्लसँग संवाद गरेका थिए ।

संबादमा सन्दिपमाथिको आरोप के हो भन्ने प्रश्न सोधिएको क्यानका सचिव प्रशान्त विक्रम मल्लले लोकपथलाई जानकरी दिए ।

‘के भएको हो भने र प्रश्न गर्नु भयो, मैले हालसम्म भएको सबै घटना क्रमको बारेमा जानकारी दिए । अब के हुन्छ भनेर प्रश्न गर्नु भयो मैले हाल घटना अनुसन्धानको क्रममा रहेको नेपालको कानुन बमोजिब अगाडी बढ्ने कुराको जानकारी गराए ।’ मल्लले भने ।

लामिछोनेविरुद्ध एक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । भदौ ५ मा सन्दीपले आफूलाई काठमाडौंको एक होटलमा लगेर बलात्कार गरेको पीडित किशोरीको जाहेरी दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?