बलात्कारको आरोप खेपेका क्रिकेटर : भारतका हार्दिक पाण्डेयदेखि नेपालका सन्दिपसम्म

मंगलबार बेलुका एकाएक क्रिकेटर सन्दिप लामिछाने मिडियाको हेडलाइन बने । त्यो हेडलाइन कुनै कीर्तिमानी वा खेलको हार जितसँग सम्बन्धित थिएन । थियो त, बलात्कारको आरोप ।

एक १७ वर्षीया नाबालिकाले सन्दिपले आफूमाथि बलात्कार गरेको भन्दै महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । जाहेरीमा लामिछानेले आफूमाथि ५ भदौको राती पटक–पटक बलात्कार गरेको उल्लेख गरेकी छन् । नेपाली क्रिकेट टीमको कप्तानसमेत रहेका लामिछाने यतिबेला क्यारेबियन प्रिमियर लिग खेल्नका लागि वेष्ट इन्डिजमा छन् ।

सन्दीप लामिछाने - विकिपिडिया

यद्यपि, सन्दिपविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ । प्रहरीले जाहेरीउपर सुक्ष्म अनुसन्धान सुरु गरेको छ । नाबालिग काठमाडौंको एक क्याम्पसमा कक्षा १२ मा अध्ययन गर्दै आएकी छन् । यो त थियो नेपाली क्रिकेटरमाथि लागेको पहिलो बलात्कारको आरोप । तर, विश्वका चर्चित क्रिकेट खेलाडीले बलात्कारको आरोप खेपेका छन् । भारतका चर्चित क्रिकेटर हार्दिक पाण्डेयदेखि रायन हिन्डस्सम्म बलात्कार आरोपमा मुछिएका थिए । कतिले आरोप झुटो साबित भएर सफाइ पाएका छन भने कोहीले सजायसमेत भोगे । यहाँ बलात्कारको आरोपमा मुछिएका क्रिकेटरको चर्चा गरिएको छ ।

हार्दिक पाण्डेय

भारतीय क्रिकेट टोलीका अलराउन्डर हार्दिक पाण्डेयमाथि सन् २०२१ सेप्टेम्बरमा म नोभेम्बर १९ देखि न्युजिल्यान्ड विरुद्धको टी–२० सिरिजबाट बाहिरिएका थिए । पाण्डेयमाथि बलात्कार र यौन दुव्र्यवहारको आरोप लागेपछि उनी समस्यामा परेका हुन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार कुख्यात गुण्डा नाइके रियाज भाटीकी श्रीमती रेहनुमा भाटीले उनीविरुद्ध उजुरी दिएकी थिइन् ।

Hardik Pandya was shocked when Mumbai Indians decided not to retain him, reveals Ravi Shastri - Sports News

पाण्डेय बाहेक, आईपीएल अध्यक्ष राजीव शुक्ला र पूर्व तेज गेंदबाज मुनाफ पटेलको पनि उजुरीमा नाम थियो । मुम्बई प्रहरीले एफआईआर स्वीकार गरेको छैन किनभने उजुरीकर्ता अन्डरवल्र्डसँग सम्बन्धित छिन् । यद्यपि प्रहरीले अनुसन्धान थालेको थियो । सेप्टेम्बरमा उजुरी दर्ता भए पनि, प्रहरीले अझै कुनै प्रमाण फेला पार्न भने सकेको छैन ।

शोएब अख्तर

पाकिस्तानका पूर्व फास्ट बलर शोएब अख्तरलाई सन् २००५ मा बलात्कारको आरोप लागेको थियो । त्यतिबेला उनी अष्ट्रेलियाको भ्रमणमा थिए । सोही क्रममा आरोप आएपछि उनलाई भ्रमणबाट फिर्ता बोलाइएको थियो । यद्यपि, त्यो आरोप पुष्टि हुन भने सकेन । तैपनि, शोएबले आफूमाथि लागेको आरोपको खण्डन भने गरिरहनु पर्यो ।

केही वर्षअघिसम्म पनि उनी त्यही आरोपको खण्डन गरिरहेका थिए । जबकि त्यतिबेला क्रिकेट टोलीमा रहेका उनका साथीले ती महिलामाथि गलत सोच राख्थे । तर, पाकिस्तान व्यवस्थापकले भने ती खेलाडीको नाम लुकाएको उनको आरोप थियो । पछि, अख्तरले पाकिस्तार क्रिकेट बोर्ड(पीसीबी)मा उक्त खेलाडीको नाम सोधेका थिए तर, बोर्डले नाम नभनेको उनले दुखेसो पोखेका थिए ।

मखाया एन्टिनी

१९९९ मा मखाया एन्टिनीलाई पनि बलात्कारको आरोप लागेको थियो । दक्षिण अफ्रिकाका लागि खेल्ने पहिलो अश्वेत क्रिकेटरसमेत रहेका एन्टिनीले पछि आफ्नो निर्दोषता कायम राखे र निर्दोष ठहरिए ।

उनले सन् २००९ मा क्रिकेटबाट सन्यास लिएका हुन् । एन्टिनीले आफ्नो खेल जीवनमा १०९ टेस्ट खेल खेलेका थिए । साथै, ३९० विकेट र १७३ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलेका उनले २६६ विकेट लिएका थिए ।

रायन हिन्ड्स

पूर्व वेस्ट इन्डिज क्रिकेटर रायन हिन्ड्सलाई २०१२ को अन्त्यमा २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोप लागेको थियो । यद्यपि, उनी बार्बाडोसको ब्रिजटाउनको मजिस्ट्रेट अदालतमा उपस्थित भएपछि जमानतमा रिहा भएका थिए ।

फेब्रुअरी २०१४ मा हिन्ड्स यौन दुव्र्यवहारको आरोपबाट मुक्त भएका हुन् । उजुरीकर्ताले अदालतलाई ठोस प्रमाण पेश गर्न नसकेपछि बलात्कारको आरोपबाट उनले सफाइ पाएका थिए ।

लुक पोमर्सबाक

अष्ट्रेलियाका लुक पोमर्सबाक पनि बलात्कारको आरोप खेपेका क्रिकेटर हुन् । उनमाथि मे २०१२ मा नयाँ दिल्लीस्थित एक होटलमा महिलालाई दुव्र्यवहार गरेको आरोप लागेको थियो ।

रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) को प्रतिनिधित्व गर्ने पोमर्सबाक उक्त आरोपपछि पक्राउसमेत परे । यद्यख्पि, उनी जमानतमा रिहा भएका थिए । अदालतबाट बाहिरिएपछि उनीमाथि लगाइएको आरोप खारेज भएको थियो ।

रुबेल हुसेन

८ जनवरी २०१५ मा बंगलादेशका क्रिकेटर रुबेल हुसेनलाई पनि आफ्नै पूर्व प्रमिकाले बलात्कारको आरोप लगाएकी थिइन् । उनीमाथि विवाहको प्रलोभन देखाएर बलात्कार गरेको आरोप लागेको थियो ।

आरोपपछि उनलाई हिरासतमा लिइएको थियो । अगस्ट २०१५ मा बंगलादेशको अदालतले रुबेल विरुद्धको बलात्कारको मुद्दालाई खारेज गरेको थियो । प्रहरीले रुबेलविरुद्ध कुनै प्रमाण नभएको बताएपछि उनले सफाइ पाएका थिए ।

उदय जोशी

भारतीय क्रिकेटर उदय जोशीविरुद्ध पनि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । जोशीलाई ३० वर्ष पहिले एक केटालाई यौन दुर्व्यवहार गरेको आरोपमा दोषी ठहर गरिएको थियो ।

२०१२ मा दोषी ठहर हुँदा जोशी ६८ वर्षका थिए र उनलाई ६ वर्षको जेल सजाय सुनाइएको थियो । मार्च २०१२ मा, अफ स्पिनर उदय जोशी जसले गुजरात, सौराष्ट्र र रेलवेका लागि रणजी ट्रफी क्रिकेट खेलेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?