शाहरुख खानको ‘जीरो’ ट्रेलर यो मितिमा, जन्मदिनको गिफ्ट?

मुम्बई – शाहरुख खानको फिल्म ‘जीरो’ को चर्चा हुन थालिसकेको छ । यसको नामका कारण पनि फिल्मको थप चर्चा भइरहेको छ । अझ त्यसमाथि फिल्ममा काजोल, श्रीदेवी, आलिया भट्टजस्ता कलाकार छन् ।

फिल्मको फस्ट लूक जारी हुँदा नै शाहरुख खानलाई देख्दा धेरै चकित समेत भए । यसपछि इदमा टिजर सार्वजनिक गरियो । टिजरले झन् खुल्दुली बनाइदियो ।

२१ सेप्टेम्बरमा रिलिज हुने यो फिल्मको ट्रेलर शाहरुख खानको जन्मदिनमा रिलिज हुने भएको छ । अर्थात् २ नोभेम्रमा ट्रेलर सार्वजनिक हुने भउको छ ।

झण्डै २ सय करोड बजेटमा निर्माण भएको भनिएको यो फिल्म रिलिजअघि शाहरुख खानकै कारण चर्चामा छ । फिल्ममा क्याटरिना कैफ र अनुष्का शर्मा पनि मुख्य भूमिकामा देखिनेछन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?